काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचार प्रसार गर्दा २५ जना भन्दा बढीको जुलुश प्रदर्शन गर्न नपाइने नियम बनाएको छ ।
Advertisement
सात बुँदे निर्देशन जारी गर्दै निर्वाचन आयोगले २५ जनाभन्दा बढीको जुलुश तथा झाँकी प्रदर्शन गर्न नपाउने बताएको हो ।
आयोगका अनुसार दल वा उम्मेदवारहरुले सार्वजनिक स्थान, पोलहरुमा झण्डा टाँग्न र पोस्टर टाँस्नसमेत पाउनेछैनन् ।
यस्तै, बहालवाला मन्त्री तथा स्थानीय तहका पदाधिकारीले चुनाव प्रचार गर्न पाउँदैनन् ।
आयोगले तोकेको सवारी साधन मात्र प्रयोग गर्न तथा निर्धारित सीमाभित्र खर्च गर्न निर्देशन दिएको छ ।
यस्तो छ, आयोगको सात बुँदे निर्देशन
