काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोली (कात्तिक १) गते सार्वजनिक बिदा दिएको छ ।
Advertisement
सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सूचना प्रकाशित गरी भोली देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।
शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उहाँको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको सूचनामा उल्लेख गरेको छ।
