काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले संस्कृतिविद सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना गरेको छ ।
Advertisement
शनिबार विज्ञप्ति प्रकाशित गरी मसाल महामन्त्री मोहनविक्रम सिंहले शताब्दी वाङ्मय पुरुष जोशीको ‘शीघ्र स्वास्थ्य लाभको कामना’ गर्नुभएको हो ।
‘संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यस्थिति गम्भीर भएको समाचार प्राप्त भएका छन्’ महामन्त्री सिंहले भन्नुभएको छ, ‘हामीले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’
२१ दिनदेखि ललितपुरको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य स्थिर रहेको अस्पतालले स्वास्थ्य बुलेटिन उल्लेख गरेको छ ।
अस्पतालका अनुसार उहाँको छातीमा निमोनिया संक्रमण तथा पिसाबमा संक्रमण देखिएको छ। उहाँको आईसीयूमा उपचार भइरहेको छ।