लागोस । नाइजेरियाका विश्वविद्यालयका प्राध्यापकले शुक्रबार तलब र अन्य सुविधालाई लिएर आठ महिना पुरानो हडताल अन्त गरेका छन् ।
Advertisement
युनिभर्सिटीको एकेडेमिक स्टाफ युनियन (एएसयुयु) ले ट्विटरमा विवरण नदिई हडताल स्थगित गरेको घोषणा गरेको हो ।
गत फेबु्रअरी १४ देखि सङ्घीय सरकारको स्वामित्वमा रहेको विश्वविद्यालय बन्द गरिएको थियो । युनियनका वकिल फेमी फलानाले लामो समयदेखि बन्द हडताल अन्त्य गर्ने निर्णय बिहीबार ढिलो गरिएको बताउनुभयो ।
पछिल्लो हडताल एएसयुयुद्वारा दोस्रो सबैभन्दा लामो थियो । (रासस/एएफपी)