नोमपेन्ह । कम्बोडियामा अङ्ग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुङ्गा मेकोङ नदीमा डुब्दाँ कम्तीमा आठ बालबालिकाको मृत्यु हुनुका साथै अन्य तीन जना बेपत्ता भएका प्रहरीले शुक्रबार जनाएको छ ।
सानो डुङ्गामा क्षमताभन्दा बढी व्यक्ति सवार रहेको कारण दक्षिणपूर्वी कान्डल प्रान्तमा आफ्नो गन्तव्यबाट करिब ५० मिटर टाढा डुबेको स्थानीय प्रहरी प्रमुख एम थाऊले बताउनुभयो ।
‘यो दुखद दुर्घटना आठ विद्यार्थीको मृत्यु भएको छ र तीन विद्यार्थीहरू पानीमा डुबेर बेपत्ता छन्’ थाउले भन्नुभएको छ ।
पीडितहरू १२ देखि १५ वर्षका रहेको जनाइएको छ । दुई वयस्क, डुङ्गा सञ्चालक र दुई विद्यार्थीको उद्धार गरिएको उहाँले बताउनुभयो ।
सामाजिक सन्जालमा प्रधानमन्त्री हुनसेनले आफ्नो शोक व्यक्त गर्दै मेकोङको बढेको भारी बाढीको समयमा मानिसलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।
डुङ्गा दुर्घटना दक्षिणपूर्वी एसियाली राष्ट्रमा सामान्य छन् । नदीको किनारमा बस्ने मानिसका लागि यातायातको प्रमुख साधनको रूपमा डुङ्गा रहेको छ । (रासस÷एएफपी)