• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘किसानको पीडा सरकारले सुन्दैन’


  •   बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
  • भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का गिरजा डगौँराले तीन बिघामा धान खेती गर्नुभएको छ ।

    Advertisement

    अधियाँमा धानखेती गर्नुभएको उहाँले खेतको बाली बेमौसमी वर्षाले क्षति पुर्‍याएपछि भित्रयाउन सक्नुभएको छैन । पाकेर काट्न तयार भएको धान खेतीमा वर्षाले क्षति गरेको उहाँले बताउनुभयो ।

    पानी पर्ने सूचनाले यसपाली धान काटेका थिएनौँ, चार/पाँच दिनसम्म पानी पर्दा खेतको धानको बाला सबै झरेको छ, उहाँले भन्नुभयो, “धान जति सबै झरेर जनावरलाई खुवाउने पराल मात्रै बाँकी छ ।

    उहाँका अनुसार करिब एक बिघा गहिरो जमिनमा गरेको धान बाली पानी भरिएर कुहिएको छ । गतवर्ष कात्तिकको वर्षाले पनि उहाँको काटेको धान खेतीमा क्षति गरेको थियो ।

    बर्सेनि वर्षाले बालीमा क्षति पुर्‍याएपछि खानलाई अन्नको अभाव हुने स्थिति आएको भीमदत्त नगरपालिका–१७ कै किसान गरिब खुना बताउनुहुन्छ ।

    गतवर्ष काटेको धान वर्षाले बिगार्‍यो, अहिले पनि यस्तै भएको छ, अधियाँ गरेर वर्षभरी खाने हामीलाई समस्या भएको छ, उहाँले भन्नुभयो, “पाकेको धान पानीले झरेर पराल मात्रै बाँकी छ, अब यसबाट के साहूलाई दिने के हामीले खाने ? बुर्सेनि धानखेतीमा क्षति भए पनि आफूहरुले अहिलेसम्म राहत र क्षतिपूर्ति नपाएको रजनी डगौँराको गुनासो छ ।

    क्षति भएको धानको विवरण टिपायौँ, क्षतिपूर्ति पाउने आश थियो, तर पाएनौँ, उहाँले भन्नुभयो, किसानको पीडा सरकारले कहिले सुन्ने ?
    जीविकोपार्जनका लागि बेच्न र वर्षभरि खानका लागि खेतमा तयार भएको धानबाली भित्रर्याउन नपाउँदा किसान चिन्तित भएका छन् ।

    केही दिनयताको अविरल वर्षा र त्यसअघि असोज पहिलो साताको बाढीले कञ्चनपुरको बेलौरी, बेलडाँडी, पुनर्वास, दोधाराचाँदनी, लालझाडी गाउँपालिका, भीमदत्त नगरपालिकामा धान बालीमा बढी क्षति भएको छ ।

    पाकेको धान दोदा नदीमा आएको बाढीले खेतमै ढलेको छ, धान कुहिएर पूरै सखाप भएको छ, लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायकले भन्नुभयो, “धान भित्रायाउन पाएका छैनौँ, कुहिएर खेतमै उम्रिएको छ ।

    बाढी तथा बेमौसमी वर्षाले ठाउँ ठाउँको धानबालीमा क्षति पुर्‍याएको प्रारम्भिक जानकारी आए पनि क्षतिको एकीन विवरण भने आइनसकेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले बताउनुभयो ।

    असोजको पहिलो साताको बाढी र अहिले केही दिनको अविरल वर्षाले धान खेतीमा क्षति गरेको छ, उहाँले भन्नुभयो, पालिकालाई क्षतिको एकीन विवरण सङ्कलन गरेर पठाउन पत्राचार गरेका छौँ । जिल्लामा ४८ हजार हेक्टरमा धान खेती हुँदै आएको छ ।

    बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.