• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

बङ्गलादेशमा विपक्षी कार्यकर्तामाथि दमन


  •   सोमबार, असोज २४, २०७९ मा प्रकाशित
  • ढाका । बङ्गलादेशमा हजारौँ पार्टी कार्यकर्तामाथि हिंसाको नक्कली आरोप लगाई सरकारले विपक्षी दललाई व्यापक दमन गरेको छ ।

    Advertisement

    प्रधानमन्त्री शेख हसिनाका आलोचकले हालैका महिनामा विद्युत कटौतीको विरोधमा र तटस्थ कामचलाउ सरकारको नेतृत्वमा निर्वाचनको माग गर्दै देशभर प्रदर्शन गरेपछि दमन भएको दाबी गरिएको छ ।

    विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बिीएनपी) का प्रवक्ता सैरुल कबिर खानले अगस्ट २२ यता प्रहरीले कम्तीमा चार हजार ८१ जना पार्टीका समर्थक र नेतालाई हिंसाको आरोपमा मुद्दा चलाएको बताउनुभयो ।

    अन्य २० हजार अज्ञात बिएनपी समर्थकमाथि पनि विभिन्न मुद्दामा आरोप लगाइएको छ । उहाँले भन्नुभयो– ‘अधिकारकर्मीहरूले कुनै पनि विपक्षी समर्थकलाई उत्पीडन गर्न पुलिसलाई व्यापक शक्ति दिने रणनीति अख्तियार तय गरेको छ । विपक्षी कार्यकर्ता तथा समर्थकलाई प्रदर्शनमा भाग लिनबाट रोक्ने बलियो विकल्पका रूपमा सरकारले प्रहरीलाई प्रयोग गरेको छ ।’

    खानले एएफपीलाई दिएको जानकारीअनुसार प्रदर्शनका क्रममा पाँच कार्यकर्ताको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी घाइते भएका छन् ।

    बिएनपीको सडक प्रदर्शनमा मुख्यत: सत्तारूढ अवामी लिगका कार्यकर्ताले हिंसात्मक आक्रमण गर्दा प्रहरीले हस्तक्षेप गरेको थिएन तर यदि हामीले प्रतिकार गर्‍यौँ भने उनीहरूले प्रतिक्रिया जनाउने गरेका थिए ।

    प्रहरीका अनुसार कम्तीमा तीनओटा प्रदर्शनमा चार जनाको मृत्यु भएको छ तर विपक्षीले हिंसा भड्काएको आरोप लगाएको छ ।

    न्युयोर्कस्थित मानव अधिकार अनुगमनकारी संस्थाले सोमबार विपक्षी दलका सदस्यको घरमा प्रहरीले व्यापक गिरफ्तारी र छापा मारेको भन्दै चिन्ता व्यक्त गरेपछि खानको यो टिप्पणी आएको हो ।

    एचआरडब्ल्यूकी दक्षिण एसिया निर्देशक मीनाक्षी गाँगुलीले २०२३ को डिसेम्बरमा हुन लागेको संसदीय चुनावका लागि यो अशुभ सङ्केत भएको बताउनुभयो ।

    गत डिसेम्बरमा संयुक्त राज्य अमेरिकाले सयौँ बलपूर्वक बेपत्ता पारिएका र हजारौँ गैरन्यायिक हत्यामा संलग्न भएको आरोपमा बङ्गलादेशका सात शीर्ष सुरक्षा अधिकारी र विशिष्ट र्‍यापिड एक्सन बटालियनमाथि प्रतिबन्ध लगाएको थियो ।

    सरकारले विपक्षी समर्थक र नेताहरूलाई जबर्जस्ती बेपत्ता पार्नुमा आफ्नो हात रहेको भन्ने दाबीलाई अस्वीकार गरेको छ र अधिकारीहरूसँगको मुठभेडमा धेरै अपराधी मारिएको बताएको छ ।

    सन् २००९ देखि सत्तामा रहेको सरकारले अमेरिकी प्रतिबन्धको धेरै हदसम्म अवहेलना गरेको र गत महिना प्रतिबन्धित एक अधिकारीलाई राष्ट्रिय प्रहरी प्रमुखमा पदोन्नति गरेको छ ।

    बङ्गलादेशी प्रहरीका प्रवक्ता मोन्जुर रहमानले अधिकारीहरूले विपक्षी कार्यकर्तालाई लक्षित गरेको भन्ने आरोपको खण्डन गर्दै भन्नुभयो– ‘बलले देशका प्रत्येक नागरिकको अधिकारको सम्मान गर्दछ र कानुनी व्यवस्थाको प्रत्याभूत गर्न मात्र हस्तक्षेप गरेको थियो ।’ (रासस/एएफपी)

    सोमबार, असोज २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • २.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ३.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ४.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ५.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ६.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ७.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • ८.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.