वासिङटन । लगभग आधा अमेरिकी जनता अमेरिकी स्वास्थ्य सेवाप्रणालीबाट निराश भएका छन् ।
Advertisement
लगभग ४४ प्रतिशत अमेरिकीले चिकित्सा सेवामा असफलता महसुस भएको मार्केट वाचले एक सर्वेक्षणलाई उद्धृत गर्दै प्रतिवेदन प्रकाशन गरेको छ ।
खर्च वहन गर्न नसक्दा गत जुनमा २६ प्रतिशत मानिस वा उनका परिवारका सदस्यले गत तीन महिनामा उपचार गर्न छोडेका बताएका थिए । सन् २०२१ जुनमा १४ प्रतिशतले त्यही भनेका थिए ।
‘महिला, हिस्पैनिक र अश्वेत सर्वेक्षण सहभागीले अन्य लागत पूरा गर्नका लागि गत १२ महिनाको अवधिमा चिकित्सा हेरचाह र औषधीमा कटौती गरेको बताउन सक्ने सम्भावना बढी थियो’ प्रतिवेदनमा भनिएको छ ।
यो सर्वेक्षण ग्यालप र वासिङटन डिसीमा गैरलाभकारी संस्थाहरूको परिवारमा आधारित स्वास्थ्य अनुसन्धानकर्ताद्वारा आयोजित गरिएको थियो । (रासस/सिन्ह्वा)