तमघास । राष्ट्रिय जनमोर्चा गुल्मीले प्रदेशसभाको १ (क) क्षेत्रबाट उम्मेदवारी दर्ता गराएको छ ।
Advertisement
राजमो नेता ओमबहादुर कुँवरले जिल्ला निर्वाचन कार्यालय तमघासमा पुगी २०७९ असोज २३ गतेका दिन उम्मेदवारी दिनुभएको हो ।
उम्मेदवारी दर्ता गर्न राजमो केन्द्रीय सदस्य तारा क्षेत्री, रामकुमार क्षेत्री, जिल्ला अध्यक्ष जीवन राना, उपाध्यक्ष रामेश्वर खत्री, सचिव छविलाल सर्तुङीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
राजमो गुल्मीका सचिव छविलाल सर्तुङ्गीका अनुसार साँझ ५ बजेसम्म थप उम्मेवारी दिनेबारे छलफल भइरहेको छ ।
