जेनेभा । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गर्नुभएको छ ।
महासचिव गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले अक्टोबर १, २०२२ शनिबार एक विज्ञप्ति प्रकाशन गरेर सो जानकारी दिनुभएको हो ।
उहाँले यहाँको सेनाले गरेको सैन्य कूबाट नागरिक अधिकार हनन् भएको र सरकारमाथि हस्तक्षेप गरेको भन्दै पहिलेकै अवस्थामा फर्किन उहाँले बुर्किना फासोको सैनिकलाई आग्रह गर्नुभएको छ ।
सेनाका तल्लो तहका अधिकारीहरूले सेप्टेम्बर १ शुक्रबार यसै वर्ष सेनाको बलमा गरिएको सैनिकको विद्रोहमार्फत् सत्तामा आएका सेनाप्रति बफादार मानिएको भनिएका एक नेता (जुन्टा) लाई देशमा जिहादी आक्रमण विरुद्ध लड्न असफल भएको भन्दै पदच्युत गरेका थिए ।
महासचिव गुटरेसले थप शक्ति हत्याउने तथा देशका प्रजातान्त्रिक संरचना भत्काउने जस्ता कार्य नगर्न र गर्न नदिन यहाँको सेनालाई आग्रह गर्नुभएको छ ।
बुर्किना फासोका सेना प्रमुखले शुक्रबार यहाँका राष्ट्रपति सत्ताच्युत भएको घोषणा गरेका थिए । उनले देशको कार्यकारी अधिकार यहाँको सेनासँग रहेको पनि बताएका थिए ।
बुर्किना फासोको सरकारले सत्ता हत्याएको घटनाको युरोपेली सङ्घलगायत विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाले विरोध गरेका छन् । उनीहरूले प्रजातान्त्रिक तबरबाट सरकार सञ्चालन गर्ने वातावरण निर्माण गर्न यहाँको सेनालाई आग्रह गरेका छन् । (रासस/सिन्ह्वा)