• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

आर्थिक अभावमा महिलाले संस्कृत पढ्न सकेनन्


  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • झापा । महिलाहरुले संस्कृत पढ्नु हुन्न भन्ने पुरानो मान्यतालाई चुनौती दिँदै छ वर्षअघि वरिष्ठ साहित्यकार स्व रोहिणीविलास लुइँटेलले ग्रार्गी वाङ्मय प्रतिष्ठान नै स्थापना गरेर महिलालाई पढाउनु सुरु गर्नुभएको थियो । हाल आर्थिक अभावका कारण प्रतिष्ठानले पढाइलाई पनि निरन्तरता दिन नसकेको जनाएको छ ।

    Advertisement

    अर्जुनधारा नगरपालिका–९ मा स्थानीय दाता मेघनाथ लुइँटेलले दिएको एक कठ्ठा जमिनमा विसं २०७४ मा भवन नै बनाएर उहाँले गाउँभरिका महिला र बालबालिकालाई गीतापाठ तथा स्वस्तिक बाचन गर्न निःशुल्क सिकाउनुहुन्थ्यो । त्यसका कारण हाल पनि सो क्षेत्रका २० महिलाले फररर गीता पाठ र स्वस्तिक बाचन गर्न सक्ने भएका प्रतिष्ठानका अध्यक्ष नरेन्द्र अधिकारी बताउनुहुन्छ ।

    शनिश्चरे माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहनुभएका लुइँटेलले हप्ताको प्रत्येक शनिबार बालबालिकालाई र दैनिक दुईदेखि तीन घण्टासम्म महिलालाई संस्कृतबाट गीतापाठ गर्न तथा स्वस्तिक बाचन गर्न सिकाउने गर्नुभएको उहाँले बताउनुभयो ।

    वैदिककालकी चर्चित विदूषी नारी ग्रार्गीको नामबाट नै उहाँले प्रतिष्ठान स्थापना गर्नुभयो, अध्यक्ष अधिकारीले भन्नुभयो, “नामअनुसारका काम पनि हुने र महिलाले पनि संस्कृत सिक्नुपर्छ अनि सिकाउनुपर्छ भन्ने उद्देश्यले रोहिणी सरले पढाउने गर्नुहुन्थ्यो ।

    विसं २०७५ मा उहाँको निधन भएपछि आर्थिक अभावमा पढाइलाई निरन्तरता दिन नसकिएको उहाँको भनाइ छ । उहाँले सुरु गर्नुभएको दुईतले भवन निर्माणकार्यलाई प्रदेश सरकारले दिएको रु पाँच लाख र वडाले छुट्याएको बजेटबाट सम्पन्न गर्न लागिरहेको छ ।

    उहाँले भन्नुभयो, स्रोतको खोजी भइरहेको छ, महिला उत्साही हुनुहुन्छ सिक्न, शिक्षकको व्यवस्थापन गरेर फेरि त्यो पढाइलाई निरन्तरता दिन्छौँ ।
    प्रतिष्ठानमै अध्ययन गर्नुभएकी स्थानीय सुनिता पोखरेलले एक–डेढ वर्षमै गीतापाठ, स्वस्तिक बाचन र पाञ्चयन मन्त्रोचारण गर्न जान्ने भएको बताउनुभयो ।

    उहाँले लुइँटेलको मृत्युपछि पनि स्थानीय मदन खनाल नाम गरेका गुरुसँग केही समय अध्ययनलाई नियमित गराएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “संस्कृतिमै गीतापाठ गर्नु, बिहान–बेलुका पूजा गर्दा मन्त्रोचारण गर्नसक्नु पनि ठूलो उपलब्धि भएको महसुस छ, स्थानीय, प्रदेश र सङ्घीय सरकारले नै बजेटको व्यवस्था गरिदिए शिक्षक खोजेर पनि पढाइलाई निरन्तरता दिने थियौँ, संस्कृत पढ्ने रहर अझै जागेको छ । (रासस)

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.