काठमाडौँ । कपनको टे«किङ अफिसमा भीषण आगलागी भएको छ । राम मन्दिर नजिकै रहेको एक घरमा आगालागी हुँदा एक जनाको मृत्यु भएको छ ।
Advertisement
बुधबार साँझ कार्यालयमा रहेको अक्सिजन सिलिण्डर पड्किएर ठूलो क्षति भएको छ ।
घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख रवीन्द्र धानुकले पुष्टि गरे । उनका अनुसार घरको माथिल्लो तलामा रहेकाहरूको उद्दार गरिएको छ ।
अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । साँघुरो गल्ली भएका कारण दमकल जान समेत अप्ठ्यारो भएको छ ।