काठमाडौं । राष्ट्रिय जनमोर्चाले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाएको छ । राजमोले बुझाएको बन्दसूचीमा प्रतिनिधसभातर्फ कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको नाम पहिलो नम्बरमा छ ।
राजमोले सोमबार आयोग पुगेर चौँथो नम्बरमा समानुपातिक सूची बुझाएको हो । सूची बुझाउन राजमो सचिव हिमलाल पुरी, कोषाध्यक्ष मधु क्षेत्री, लालबहादुर थापा, घनश्याम न्यौपाने र सुधा शर्मा तथा गोविन्द शर्मा आयोग पुग्नुभएको थियो ।

राजमोले प्रतिनिधि सभातर्फ ११० जनाको बन्दसूचीमा नाम पठाएको छ। प्रदेशसभातर्फ सुदूरपश्चिम २१, कर्णाली १६, लुम्बिनी ३५, गण्डकी २४ बागमती २६, जनाको नाम बन्दसूचीमा पेश गरिएको केन्द्रीय सदस्य न्यौपानेले बताउनुभयो ।
प्रदेश १ र मधेश प्रदेशमा भने राजमोले उम्मेदवारको बन्दसूची पेश गरेको छैन । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार असोज २ र ३ गते बन्दसूची पेश गर्ने कार्यक्रम छ ।