• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

३४ वर्षपछि पुरानै धारमा फर्कियो कोसी


  •   शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
  • काठमाडौं । गएको साउन १८ गते उदयपुरको बेलका नगरपालिका–८ को डुम्रीबोट र लाहुरे खोँच हुँदै कोसी नदीले बस्तीतर्फको बाटो सोझ्यायो । स्थानीयवासीका अनुसार विसं २०४५ सालअघि अहिले खोलेको घाँटीबाटै बग्थ्यो कोसी । ३४ वर्षपछि कोसीले पुरानै धार पहिल्याउँदै बस्ती पस्दा ठूलो क्षति भएको छ ।

    Advertisement

    हालै गरिएको एक अध्ययनले उक्त बाढी पसेको क्षेत्रमा झण्डै एक करोड रकम आवश्यक रहेको देखाएको थियो । कोसीबाट बस्ती सुरक्षित राख्न आपत्कालीन कार्य सञ्चालनका लागि गृहमन्त्री बालकृष्ण खाण अध्यक्ष रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले विपद कोषबाट रु एक करोड रकम निकासाका लागि अनुमति प्रदान गरेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा स्थानीय पालिका, सिँचाइ मन्त्रालयलगायत संस्थाले गरेको अध्ययनको निष्कर्षका आधारमा रकम निकासाका लागि पेश गरिएको प्रस्ताव समितिबाट स्वीकृति प्राप्त भएको प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । उहाँका अनुसार दीर्घकालीन समस्या समाधानका लागि भने विस्तृत अध्ययन जारी छ ।

    त्यही घाँटी, जहाँ गत वर्ष गृहमन्त्री खाणसहितको टोलीले स्थलगत अनुगमनसमेत गरेको थियो । यसपालि बाढी पस्नुअघि नै कोषबाट रु २० लाख निकासा गरी कोसी रोक्ने प्रयास सफल हुन नसकी नदीले आफ्नो धार परिवर्तन गरी बस्तीतर्फ मोडिएको थियो ।

    यसका साथै पश्चिम नेपालको प्युठान नगरपालिकाको झिम्रुकलगायत अन्य छ वटा खोलाको बाढीका कारण यसपालि छ वटा सस्पेन्सन बृज, छ वटा बस्तीलगायतका विभिन्न भौतिक संरचना जोखिममा पारेको छ । वर्षा बाँकी नै रहेकाले त्यहाँ पनि अध्ययन गर्दा स्थानीयस्तरबाटै रु २० करोडको स्रोत माग भइआएको छ । तत्काल संरक्षणका लागि रु एक करोड पठाउन समितिले अनुमति दिएको छ । त्यस क्षेत्रमा आवश्यक विपद् जोखिम व्यवस्थापन गर्न नसकिए एक अर्ब क्षति हुने अनुमान छ ।

    गोरखाको पालुङ्टार नगरपालिका–९ र १० मा पनि यसपालि बाढी र पहिरो ठूलो क्षति भयो । दुई पुल लगेकाले स्थानीयवासी प्रभावित छन् । त्यसका लागि पनि रु एक करोड रकमको माग भइआएको छ ।

    उता डडेल्धुराको गन्यापधुरा नगरपालिकामा गत साल कात्तिकमा ठूलो पहिरो खस्यो । विस्तृत अध्ययन गरेर आवश्यक प्रक्रिया पूरा गरी ७६ वटा निजी आवास बनाउने काम शुरु भए पनि विद्यालयको संरक्षणका लागि तत्काल रु १७ लाख आवश्यक छ ।

    बाढी–पहिरोले गम्भीर क्षति पुगेका ती चारवटा स्थानीय तहमा आपत्कालीन संरक्षण कार्यका लागि रु तीन करोड १४ लाख ६८ हजार विपद् व्यवस्थापन कोषबाट निकासाका लागि समितिले स्वीकृत गरेको छ ।

    प्राधिकरणका अनुसार गत वर्ष ४० पालिकालाई विपद् सङ्कटग्रस्त घोषणा गरिएको थियो । त्यहाँ निजी आवास निर्माणको काम सुरु भए पनि अन्य अध्ययनका काम जारी छ ।

    गृह मन्त्रालयबाट विभिन्न जिल्ला विपद् व्यवस्थापन कोषमा २०७८ माघ १४ देखि २०७९ असार ३२ गतेसम्म निकासा भएको रु छ करोड ४५ लाखसमेत अनुमोदन गरेको छ ।

    भूकम्प प्रभावितको पुनःस्थापन कार्यविधि बन्दै
    कार्यकारी समितिको आजको बैठकले गत वर्षदेखि गएका भूकम्पबाट प्रभावितको निजी आवास पुनर्निर्माण, प्रवलीकरण तथा पुनःस्थापनाका लागि ‘भूकम्प प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि’ तर्जुमा गरी आगामी बैठकमा पेश गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति दिएको छ ।

    गत साउन १५ गते खोटाङको मात्तिमविर्ता केन्द्रविन्दु भएर गएको भूकम्पले १८७ वटा घरमा पूर्ण क्षति पु¥याएको थियो । कूल १९२ घरमा आंशिक क्षति भएको थियो ।

    त्यस्तै, विसं २०७८ जेठ ५ गते लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पबाट ५९७ घर पूर्णक्षति भएका थिए भने ७१० घरमा आंशिक क्षति पुगेको थियो ।

    लमजुङ भूकम्पबाट प्रभावितको क्षति आकलन प्रतिवेदन तयार भइसकेको छ भने खोटाङ भूकम्पबाट प्रभावितको प्रतिवेदन तयार हुने क्रममा रहेको प्राधिकरणले जनाएको छ ।

    गृहमन्त्री खाणले भने यसरी सरकारबाट उपलब्ध भएको विपद् व्यवस्थापनका लागि दिइएको बजेट समयमै शतप्रतिशत सदुपयोग हुनुपर्ने बताउनुहुन्छ । रासस

    शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.