काठमाडौँ । विश्व ट्रेड युनियन महासङ्घ समन्वय समिति नेपालले पशुस्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक–२०७९ लाई तत्कालै पारित गर्न आग्रह गरेको छ ।
महासङ्घ नेपाल च्याप्टरको बैठकपछि २०७९ भदौ १४ गते अध्यक्ष प्रेमलकुमार खनाल र महासचिव लोकराज भुसालद्वारा हस्ताक्षति विज्ञप्तिमा यस्तो माग गरिएको हो ।
त्यस्तै, प्रेसविज्ञप्तिमा गत लामो समयदेख संसद्मा छलफल भएर पुनः मन्त्रिपरिषद्मा फिर्ता भएको सङ्घीय संरचनाबमोजिमको प्रशासनिक विभाजन तथा समन्वय र सहजीकरणसहितको निजामति सेवा विधेयक छिटो संसद्बाट पारित गर्न अनुरोध गरिएको छ ।
सामुदायिक विद्यालयका कर्मचारी समस्या समाधानका लागि सरकारले तत्कालै पहल गर्नुपर्ने माग गरिएको सो विज्ञप्तिमा साम्राज्यवादद्वारा मच्याइएको हत्या, हिंसा, युद्ध, द्वन्द्व तथा नेपालमा एमसिसी, एसपिपी, आइपिएस जस्ता सम्झौता खारेजीको माग गरिएको छ ।
यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

