काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित एक निर्माणाधीन घरको छतबाट हामफालेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ हामफालेका दुई विद्यार्थीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
हामफालेपछि उपचारका लागि निजामती अस्पताल लगिएका १३ वर्षीय अनिकेत रोय र १४ वर्षीया कृतिका जैशावालको मृत्यु भएको हो ।
बुधबार साँझ ५ बजेर ५० मिनेटमा पाँच तले घरबाट हामफालेका उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
महानगरीय प्रहरी परिसरका एक अधिकारीका अनुसार उक्त निर्माणाधीन पाँच तलेघरबाट उनीहरुले एकसाथ हामफालेका थिए। गम्भीर अवस्थामा अस्पताल पुर्याइएका उनीहरुको उपचारका क्रममा चिकित्सकहरुले मृत घोषित गरेका हुन्।
उनीहरु दुवैजना बानेश्वरस्थित पाठशाला स्कुलको कक्षा ९ का विद्यार्थी रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
दुवैजनाले हामफाल्नुको कारणबारे खुलिनसकेको प्रहरीले जानकारी दिएको छ।