काठमाडौँ । खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका नौ जनाको उपचार गर्न सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
Advertisement
केही दिनअघि बौद्धको एक चिया पसलमा खाना पकाउने ग्यास विस्फोटपछि भएको आगलागीमा भोटेकोशी गाउँपालिकाका सात सहितका नौ जना गम्भीर घाइते भएका थिए ।
उनीहरुको उपचार गर्न भोटेकोसी गाउँपालिकाले सोमबार साँखुस्थित सुस्मा मेमोरियल अस्पतालमा जनही एक लाखको दरले नौ लाख सहयोग गरेको हो ।
पालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा र वडा नम्बर ५ का अध्यक्ष दावात्याम्बा लामाको टीमले जुटाएको सहयोग पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पीडितलाई हस्तान्तरण गरे ।