चितवन । अखिल नेपाल युवक संघ चितवनका सदस्य प्रजापति शर्माको निधन भएको छ ।
Advertisement
भरतपुर महानगरपालिका– ११ भोजाड निवासी शर्माको ह्रदयाघातबाट आइतबार राति निधन भएको युवक संघले जनाएको छ ।
शर्माको हिजो अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकालले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । प्रवक्ता ढकालले युवा नेता शर्माको निधनबाट कम्युनिष्ट आन्दोलनमा गम्भीर क्षति पुगेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता, आफन्त र स्थानीयको उपस्थितीमा भएको अन्त्येष्टिका क्रममा उहाँको सम्मानमा एक मिनेट मौन धारणा गरिएको थियो ।
बागलुङमा जन्मेका शर्मा नेकपा (मसाल) को पार्टी सदस्यसमेत रहेको बताइएको छ ।