रिसव आचार्य, कपिलवस्तु ।
राष्ट्रिय जनमोर्चा बाणगंगा नगर समितिले पार्टी सदस्य यामलाल आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । आचार्यको निधन भएको नवौं दिनमा उहाँकै निवासमा शोकसभाको आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजमो जिल्ला उपाध्यक्ष रामप्रसाद बेल्बासेले एक कुशल अभिभावक गुमाउँदा पार्टीलाई अपुरणीय क्षति भएको बताउनु भएको थियो । उहाँले आचार्यले देखाउनु भएको मार्ग दर्शनलाई आत्मसात गर्दै उहाँका अधुरा सपना पूरा गर्न पार्टी प्रतिबद्ध रहेको बताउनु भयो ।
शोक शभालाई सम्बोधन गर्दै अखिल नेपाल कानुन व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष नुमानन्द आचार्यले मृतक यामलाल आचार्यले बिगत लामो समयदेखि प्रवासमा रही सामज सेवा र समाज परिवर्तनको निम्ति योगदान दिएको बताउनुभयो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा सक्रिय रहि आचार्यले आम नेपालीहरुलाई संगठनमा आबद्द गराई जनताको पक्षमा काम गर्न प्रेरित गर्दै आउनु भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा परिवारको तर्फबाट उहाँको जिवनीबारे परिवारका सदस्य विष्णु आचार्यले स्पष्ट पार्नुभएको थियो ।
यामलाल आचार्यको जन्म प्युठानको साबिक बिजुली गाविस–६ हाल ऐरावति गाउँपालिका४ दमारमा जन्म भएको थियो ।
मृतकका भाई शोभाराम आचार्यको अध्यक्षतामा अघि बढेको शोक सभालाई अखिल (छैठौं)का केन्द्रीय सदस्य रिसव आचार्यले सन्चालन गर्नुभएको थियो ।
कार्यक्रममा मृतकप्रति एक मिनेट मौन धारण गरी तस्बिरमा फूल माला तथा अबिर लगाई सम्मान गरिएको थियो ।