बुटवल । रुपन्देहीको सिद्धार्थनगरमा अखिल नेपाल महिला संघको नगर भेला सम्पन्न भएको छ । राजमो केन्द्रीय सल्लाहकार तथा रुपन्देही जिल्ला अध्यक्ष बद्रे आलमको प्रमुख आतिथ्यमा मंगलबार सो भेला सम्पन्नभएको हो ।
भेलामा कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल किसान महासंघ (अप्फा) का केन्द्रीय सदस्य रुकबहादुर पराजुली, राजमो तिलोत्तमाका लालचन्द पन्थ, राजमो कञ्चन गाउँपालिका समितिका लीलाराम खनाल र अखिल नेपालयुवक संघका यमबहादुर क्षेत्रीले मन्तव्य राख्नुभएको थियो ।
भेलाले सुनिता कुर्मी अध्यक्ष रहनुभएको महिला संघको नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रेनुका सुवेदी क्षेत्री, सचिवमा शारदा पौडेल, सहसचिव जाहिदा खातुन र कोषाध्यक्षमा विमला कुँवर रहनुभएको छ ।
त्यस्तै सदस्यमा सन्ध्या देवी भुज, उर्मिला कुँवर चौधरी, दिपा सुनार, टिसेन बिनु आचाय र, मीना आचार्य रहनुभएको छ । भेलाले सुनकेसी कुर्मी, इजर तुननिसा र भानु केसीलाई सल्लाहकारमा चयन गरेको छ । भेलाको अध्यक्षता सुनकेसी कुर्मीले र सञ्चालन भामु जिसीले गर्नुभएको थियो ।