काठमाडौं । पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
Advertisement
बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित ढिकबाट तल खसेर दुर्घटना भएको हो।
२३ जना सवार बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको रिब्दिकोट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले जानकारी दिनुभयो ।
घाइते १७ जनालाई पाल्पास्थित तानसेन अस्पतालमा लगिएको अधिकारीले बताउनु भयो ।