काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी औपचारिक रुपमा विभाजित भएको छ ।
अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरिएको छ ।
असन्तुष्ट समुूका उपदेश यादवका अनुसार पवन कार्कीको संयोजकत्वमा शनिबार बानेस्वरस्थित नेपाल कमर्स क्याम्पसबाट १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण गरिएको हो ।
यसअघि उपाध्यक्ष पवन कार्कीलगायत १० नेतालाई अध्यक्ष पञ्चा सिंहले कारबाही गरेकी थिइन्।
गत असोज १४ गते भएको अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा विवाद भएपछि पञ्चा सिंहलाई अध्यक्ष चयन गरिएको थियो।
त्यसपछि वैशाखमा बसेको भर्चुअल बैठकबाट उपाध्यक्ष, महासचिव सहित पदाधिकारी चयन गरिएको थियो।
पदाधिकारी चयन गर्दा माइक म्युट गरेर एकतर्फी नाम घोषणा गरिएको, केन्द्रीय कमिटीमै नभएको व्यक्तिलाई पदाधिकारी बनाइएको भन्दै उपाध्यक्ष पवन कार्कीले निर्णय सच्याउन सुझाव दिएका थिए।