• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कृषिमा आत्मनिर्भर हुनुपर्ने निष्कर्ष निकालेका छौँ


  •   शनिबार, असार १८, २०७९ मा प्रकाशित
  • नरबहादुर पुन
    नगर प्रमुख, जैमिनी नगरपालिका

    Advertisement

    ० सर्वप्रथम त जैमिनी नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएकोमा युगदर्शनको तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहान्छौँ ।

    – धन्यवाद ।

    ० राजनीतिक जीवनयात्राको दौरान नगरपालिका मेयरको जिम्मेवारी पहिलोपटक प्राप्त गर्नुभएको छ । यतिखेर कस्तो महसुस गरिरहनुभएको छ  ?

    – मैले सार्वजनिक पदधारणा गरेको यो पहिलोपटक होइन । २०५४ सालको स्थानीय निर्वाचनमा पनि म बागलुङ जिल्लाको जिल्ला विकास समितिको सदस्य भएर काम गरेको थिएँ । अहिले जैमिनी नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित भएर जनताको पक्षमा काम गर्ने जिम्मा पाएको छु । जनताले दिएको यो जिम्मेवारीलाई इमानदारिताका साथ पूरा गर्नुपर्ने चुनौतीको रूपमा लिएको छु ।

    ० जैमिनी नगरपालिकाको मेयर नै बनेर काम गर्नुपर्दछ भन्ने किन ठान्नुभयो  ? 

    हाम्रो पार्टीमा हजारौँ कार्यकर्ताहरूले आआफ्नो जिम्मेवारी लिएर काम गरिरहेका छन् । मलाई पनि योभन्दा पहिला अरू नै जिम्मेवारी दिएको थियो । हाल नगर प्रमुख पदमा बसेर काम गर्ने जिम्मेवारी दिइएको छ। त्यसकारण मेरो यो चाहना र इच्छाअनुसार नभएर पार्टीको निर्णयानुसार दिएको जिम्मेवारी हो ।

    ० बागलुङभरिका नगरपालिका र गाउँपालिकामध्ये जैमिनी नगरपालिकाको खास विशेषता के हो ? सङ्क्षिप्तमा बताइदिनुस्न ।

    – जैमिनी नगरपालिका राजनैतिक रूपमा सङ्गठित आन्दोलनले ऐतिहासिक भूमिका खेल्ने मात्र नभएर भविष्यमा पनि खेल्ने सम्भावना बोकेको, हरेक राष्ट्रिय राजनीतिक परिवर्तनमा सामेल भएको, सामाजिक चेतना तुलनात्मक रूपले माथि रहेको, प्राकृतिक स्रोत प्रशस्त भएको, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक हिसाबले धनी भएको र पर्यटनको बढी सम्भावना बोकेको पालिका हो । म यही नगरपालिकाको वासिन्दा भएकाले पनि पार्टीले मलाई यहाँको नगरपालिका प्रमुखको जिम्मेवारी दिएको होला । यहाँ मैले रोज्ने भन्दा पनि पार्टीले जिम्मेवारी दिएको कुरा हो ।

    ० जैमिनी नगरपालिकाका जनताका मुख्य समस्याहरू के औल्याउनुभएको छ  ?

    – जैमिनी नगरपालिकामा आर्थिक उत्पादनको अवस्था कमजोर, जीवनोपयोगी मूल्यमा आधारित शिक्षा प्राप्त गर्न नसक्नु, स्वास्थ्यको सुविधा तुलनात्मक रूपले कमजोर हुनु आदि जस्ता समस्याले जनशक्ति पालिकाबाट बाहिरिनु नै अहिलेको मुख्य समस्या हो भन्ने मलाई लागेको छ ।

    ० आगामी पाँच वर्षमा नगरपालिकाभित्र के कस्ता कामहरू गर्ने योजना बनाउनुभएको छ ? यस अवधिमा खास फोकस केमा दिनुहुने छ  ?

    – हाम्रो गाउँपालिकामा उत्पादनको साधनको रूपमा केवल जमिन मात्र रहेको छ । त्यसैले हामी कृषि उत्पादनमा जोड दिएर मात्र आत्मनिर्भर हुन सक्ने निष्कर्षमा पुगेका छौँ । त्यसका साथै कृषिलाई पर्यटन र ससाना घरेलु उद्योगसँग जोड्ने कार्यक्रम पनि हामीले ल्याउने छौँ ।

    ० गत कालमा नेपाली काङ्ग्रेससित राष्ट्रिय जनमोर्चाको तीक्त सम्बन्ध रहेको थियो । गत चुनावमा त तपाईंको प्रतिद्वन्द्वी पनि काङ्गेस नै थियो तर अहिले काङ्ग्रेससितै गठबन्धन गरेर मेयरसमेत बन्नुभयो । एकाएक यस्तो अवस्था कसरी निर्माण भयो  ?

    – सङ्घर्ष, एकता, सङ्घर्ष समाज विकासको सार्वभौम नियम भएको हुनाले तीक्तता र मित्रता सँगै जोडिएको हुन्छ । यो परिस्थितिले निर्माण गर्ने विषय भएको हुनाले राष्ट्रिय राजनीतिको अवस्था, लोकतन्त्र, गणतन्त्र धर्म निरपेक्षता जस्ता मूल विषयमा आक्रमण भएका हुनाले प्रतिगामी शक्तिका विरुद्धको आन्दोलन सङ्गठित गर्नुपर्ने आवश्यकता आएको हुनाले यो अवस्था सिर्जना भयो । त्यही क्रममा पाँचदलीय गठबन्धन निर्माण भएको हो ।

    ० उपमेयर नेपाली काङ्ग्रेसबाट हुनुहुन्छ । कम्युनिस्ट र काङ्ग्रेस फरक राजनीतिक पार्टीबाट आउनुभएकाले सँगै काम गर्दा केही अप्ठ्यारो त हुँदैन  ?

    – राजनीतिक उद्देश्य फरक भए पनि हालको कार्यनीतिको अवस्था एउटै रहँदासम्म अप्ठ्यारो हुँदैन भन्नेमा मलाई विश्वास छ । फेरि राजनैतिक उद्देश्य फरक भए पनि यो पिछडिएको सामाजिक अवस्था बदल्ने उद्देश्यमा समान धारणा छ । त्यसले पनि हामीलाई काममा अप्ठ्यारो हुने छैन भन्ने लाग्छ ।

    ० देशको वर्तमान राजनीतिक अवस्थालाई कसरी मूल्याङ्कन गर्नुभएको छ  ?

    – देशको राजनीतिक अवस्था पहिलेको तुलनामा अझै गम्भीर परिस्थितिमा पुगेको छ । एम.सी.सी. पारित भएसँगै विदेशी सेनाको नेपालमा प्रवेशको जुन प्रयास भएको छ, त्यसले नेपालको सार्वभौमिकता गुम्ने खतरा बढेको छ । देशका सीमा मिचिँदै गएको छ । प्रतिगामी शक्तिहरू बढी सक्रिय रहेका छन् । त्यसकारण देशभक्त र लोकतान्त्रिक शक्तिहरू सचेत र सङ्गठित हुनुपर्ने आवश्यकता झन् बढेर गएको छ ।

    ० अन्तमा, युगदर्शनमार्फत् विशेष जोड दिएर भन्नुपर्ने केही छ कि  ?

    – राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डताका साथै हालसम्मका राजनैतिक उपलब्धिलाई बचाउन र अगाडि बढाउन सम्पूर्ण स्वाभिमानी नेपाली जनतामा अपिल गर्न चाहान्छु । अन्तमा तपाईं र तपाईंको पत्रिकाले मलाई विचार राख्ने अवसर दिनुभएकोमा फेरि धन्यवाद दिन चाहान्छु ।

    शनिबार, असार १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी
    राजमो रुपन्देहीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन
    लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : अध्यक्ष ओली
    प्रधानमन्त्री शाहमा शक्ति केन्द्रीकृत गर्ने महत्त्वाकाङ्क्षा बढेको हो ?
    रास्वपा सभापति रवि चीन जाँदै
    मल किन्न भारत गएका दुई नेपाली २२ दिनदेखि भारतीय जेलमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.