काठमाडौं । अमेरिकाको टेक्सास सहरमा एक लरीभित्र ४६ जनाको शव फेला परेको छ ।
Advertisement
बीबीसीका अनुसार सान एन्टोनियो भन्दा केही पर पाइएको सो लरीमा ४६ जना आप्रवासी मृत अवस्थामा भेटिएका हुन् ।
बिरामी अवस्थामा रहेका १६ जनालाई अस्पताल पुर्याइएको छ ।
सान एन्टोनियो अमेरिका र मेक्सीकोको सीमाबाट झन्डै २५० किलोमिटरको दूरीमा अवस्थित छ।
उक्त ट्रक एउटा रेलको पटरी नजिकै फेला परेको थियो । सान एन्टोनियोका प्रहरीले सो सवारी चालकको खोजी गरिरहेको छ ।
टेक्ससका गभर्नर ग्रेग याबटले ती मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन्।
मेक्सिकोका विदेशमन्त्रीले हालसम्म मृत्यु भएकाहरूको कुन देशका हुन भनेर थाहा भने भई नसकेको जनाएका छन्।