काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घको संयोजकमा श्याम पोख्रेल तथा सचिवमा प्रकाश थापामगर चयन हुनुभएको छ ।
Advertisement
२०७९ असार ११ गते बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा सो निर्णय भएको हो ।
संयोजक श्यामलाल पोख्रेलका अनुसार केन्द्रीय समितिको सदस्यमा अर्घाखाँचीबाट जीतेन्द्र खत्री, गुल्मीबाट हरि न्यौपाने, दाङबाट विशाल कार्की, अर्घाखाँचीबाट गोपाल भट्टराई समितिमा थप चयन गरिएको छ ।
उहाँका अनुसार छिट्टै केन्द्रीय समितिको भौतिक उपस्थितिमा बैठक बसेर अरू निर्णय गरिने भएको छ ।