काठमाडौं । राष्ट्रिय जनमोर्चा काठमाडौं–बागलुङ सम्पर्क समितिको भेला शनिबार (असार १० गते) हुने भएको छ ।
राष्ट्रिय जनमोर्चाको कपनस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने भेलाको उद्घाटन अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुने छ । भेलाको सबै तयारी पुरा भएको राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपानेले जानकारी दिनुभएको छ ।
यस्तै, शनिबार नै काठमाडौं–सुदूरपश्चिम सम्पर्क समितिको पनि भेला हुने भएको छ । सो भेला पनि कपनस्थित केन्द्रीय कार्यालयमै हुने छ ।
राजमोको हालै सम्पन्न एक भेलाले सम्पर्क समितिहरुलाई सक्रिय बनाउने निर्णय गर्नुका साथै विभिन्न जिल्ला र क्षेत्रबाट काठमाडौंमा आएर बसेका राजमो समर्थकहरुलाई संगठित गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा शनिबार बागलुङ र सुदूरपश्चिमको भेला आयोजना गरिएको हो । यसैगरी यही असार–साउन महिनामा अन्य जिल्ला र क्षेत्रका भेलाहरु पनि तय गरिएको छ ।