काठमाडौं । नेपाल पत्रकार महासंघले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ ।
Advertisement
बुधबार वित्रप्ति प्रकाशित गरी महासंघले समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनमा कार्यरत पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अष्भिट लामालाई साहले दुर्व्यवहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि आज दिउँसो १ः०० बजे त्यहाँ पुगेका पत्रकारद्वयलाई एक्कासि विभाग आइपुगेका प्रमुख साहले हिमालय टेलिभिजनको बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएको महासंघले जनाएको छ।