काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई जन्म कैद हुने भएको छ । सर्वोच्च अदालतले यसअघिको आफ्नै फैसलालाई बदर गर्दै यसअघिको फैसला उल्ट्याएको हो ।
आफ्नै श्रीमती गीता ढकालको हत्या कसुरमा जिल्ला अदालत काठमाडौंले कोइरालालाई जन्मकैद फैसला सुनाएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको कैद सजाय ८ वर्ष ६ महिनामा झारेको थियो । कोइराला गत साउन ८ गते जेलमुक्त भएका थिए ।
कोइरालालाई जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालतले भने सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए।
कोइरालाले २० वर्ष कैद सजाय भुक्तान गर्नु पर्नेछ । यसअघि साढे ८ वर्ष बसिसकेकाले अब साढे ११ वर्ष कैद बसेपछि मात्रै उनको सजाय भुक्तान हुनेछ ।
डीआईजी पदमा बहाल रहेकै बेला ९ वर्ष पहिले कोइरालाले श्रीमतीको हत्या गरेर शव टुक्राटुक्रा पारेर मकवानपुरको जंगलमा लगेर जलाएका थिए ।