काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राजनीतिक दलहरु संविधानबमोजिम अगाडि नबढ्दा ‘बालेन’ हरू जन्मिने बताउनुभएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधिसभा बैठकमा बोल्दै खनालले ‘बालेन’ हरु जन्मिए राजनीतिक दलहरुको अस्तित्व र उपादेयिता समाप्त हुने बताउनुभयो ।
‘संविधानबमोजिम अगाडि बढ्न नसके धेरै बालेनहरु अनि जन्मिने छन्। बालेनहरुले राज्य गर्ने छन्,’ खनालले भन्नुभयो, ‘पोलिटिकल पार्टीको अस्तितव र उपादेयीता समाप्त हुँदै जानेछ।’
पूर्वप्रधानमन्त्री खनालले संविधानले मार्गदर्शन गरेबमोजिम अगाडि बढ्नु अनिवार्य रहेको पनि बताउनुभयो । संविधानबमोजिम अगाडि बढ्न नसके इतिहासमा पछाडि छोडिँदै जाने उहाँको भनाई थियो ।
‘संविधानले मार्गदर्शन गरेबमोजिम अगाडि बढ्नु अनिवार्य छ,’ खनालले भन्नुभयो, ‘यदी त्यो ढंगले अगाडि बढ्न सकेनौँ भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौँ ।’