• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अखिल (छैठौं) द्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन चेतावनी


  •   सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्कालै फिर्ता लिन चेतावनी दिएको छ । अध्यक्ष देवेन्द्र कुँवरको हस्ताक्षरमा २०७८ जेठ ९ गते प्रेषित प्रेसवक्तव्यमा यस्तो चेतावनी दिइएको हो ।

    Advertisement

    विभिन्न शीर्षकमा लगाइएको अनावश्यक कर घटाएर मूल्यवृद्धि नियन्त्रण गर्ने तथा पेट्रोलियम पदार्थको विकल्प खोज्न सुझाव दिइएको सो वक्तव्यमा मूल्यवृद्ध तत्कालै फिर्ता नगरे आन्दोलनमा उत्रिन विद्यार्थी र आम उपभोक्तासित अनुरोध गरिएको छ ।

    त्यसैगरी, वक्तव्यमा हप्तामा दुई दिन बिदा दिने निर्णय शैक्षिक क्षेत्रको हकमा असान्दर्भिक भएको उल्लेख छ । कोरोना महामारीका कारण अस्तव्यस्त बनेको शिक्षाक्षेत्रलाई थप तयारी र मिहिनेतबाट अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिँदै वक्तव्यमा हप्तामा एक दिन मात्रै बिदा दिन आग्रह गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “नेपाल आयल निगमले अत्यन्तै लज्जास्पद तरिकाले हरेक हप्ता गर्ने मूल्यवृद्धिप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । हामीले नेपाल आयल निगम र सरकारको गैरजिम्मेवारपूर्ण हर्कतको घोर भत्र्सना गर्दै तुरुन्त मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछौँ । पेट्रोलियम पदार्थमा हुने मूल्यवृद्धिले साधारण जनताको दैनिकी सञ्चालनमा समेत निकै ठुलो प्रभाव पारेको छ र त्यसले गर्दा हरेक क्षेत्रमा मूल्यवृद्धि चर्को बनेर गएको छ ।

    वैशाख ३१ गते पनि निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँको दरले बढाएको थियो । पुनः हप्तादिन नपुग्दै निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास अब प्रतिसिलिन्डर १८ सय रुपैयाँ पुगेको छ ।

    हप्तैपिच्छे गरिने यस प्रकारको जनघाती निर्णयले गरिब जनताको बाँच्न पाउने अधिकारलाई कुण्ठित गरेको छ । जनतामाथि यसरी मूल्यवृद्धि थोपर्ने कुरा आफैमा खेदजनक छ । हामीले बारम्बार पेट्रोलियम पदार्थमा विभिन्न शीर्षक बनाई लगाएको अनावश्यक कर घटाएर भए पनि मूल्यवृद्धिलाई नियन्त्रण गर्न जोड दिँदै आएका छौँ र पेट्रोलियम पदार्थको वैकल्पिक उपाय खोज्नसमेत सरोकारवाला पक्षसँग पुनः माग गर्दछौँ । यो मूल्यवृद्धि फिर्ता नलिए सम्पूर्ण विद्यार्थी र उपभोक्ता कडा सङ्घर्षमा आउनसमेत अपिल गर्दछौँ ।

    नेपाल सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्नका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय जेठ १ गतेदेखि लागु गरेको छ । सरकारको यो निर्णयले आम विद्यार्थी वर्गमा प्रत्यक्ष असर पर्ने देखिन्छ । कोरोना महामारीका कारण अस्तव्यस्त बनेको शिक्षाक्षेत्रलाई थप तयारी र मिहिनेतबाट पठनपाठन अगाडि बढाउनुको सट्टा सरकारले गैरजिम्मेवार तरिकाबाट आइतबार पनि विद्यालय बन्द गर्ने हावादारी निर्णय गरेको छ । हामीले यो निर्णय पनि तुरुन्त खारेज गरी हप्तामा एक दिन मात्र विद्यालय बन्द गर्ने नीति लिन अनुरोध गर्दछौँ ।”

    सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.