काठमाडौं । कैलालीको लम्किचुहा गाउँपालिका–८ गप्कामा गुडिरहेकोे बसमाथि रुख ढलेको छ ।
Advertisement
घटनामा परी पाँच यात्रु घाइते भएका छन् । घाइते यात्रुको उपचार स्थानीय लालरत्न अस्पतालमा भइरहेको कैलालीका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।
से १ ख १८०६ नम्बरको सुदूरपश्चिम यातायात बसमा हावाहुरीले ढलाएको रुख बज्रेको हो । दुर्घटनामा बस क्षतिग्रस्त भएको छ ।