पोखरा । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २८ हजार ५६३ मत पाएका छन् ।
Advertisement
६९ हजार ९६८ मत गन्दा उनले पाएको यो मत एमालेका उम्मेदवार कृष्ण थापाभन्दा ३ हजार २०६ मतले बढी हो ।
एमालेका कृष्ण थापाले २३ हजार ६९८ मत ल्याएका छन्।
उपमेयरमा भने कांग्रेसकी कोपिला रानाभाट र एमालेकी मन्जुदेवी गुरुङबीच प्रतिस्पर्धा छ। उपमेयरमा कोपिलाको २८ हजार ९ सय र मन्जुको २९ हजार २ मत रहेको छ ।