चितवन । भरतपुर महानगरमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ हजार २२५ मतसहित अग्रता लिएकी छन्।
Advertisement
बिहीबार राति अबेरसम्म गणना भएको मत ४७ हजार ५११ मा दाहालले १७ हजार ९७२ मत पाएकी छन्
यस्तै, नेकपा (एमाले) का विजय सुवेदीले १४ हजार ७९२ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ७ हजार २२३ मतसहित तेस्रो स्थानमा छन्।
उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले २० हजार ५२१, एमालेकी हिमला गुरुङले ११ हजार ६७३ मत ल्याएका छन्।