पोखरा । पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बनेका धनराज आचार्यले एमालेका नेता कृष्ण थापासँग दुई हजार भन्दा बढीको मतान्तर बनाएका छन् ।
Advertisement
बुधबार साँझसम्म ४१ हजार ४२३ मत गणना हुँदा धनराजले १७ हजार २४२ र कृष्णले १५ हजार २१० मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर २ हजार ३२ रहेको छ ।
राप्रपाका शंकर खरालले १ हजार ६९८ मत पाउँदा अटेरीका गनेस पौडेलले ९२९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटको १७ हजार ४४३ र एमालेकी मञ्जुदेवी गुरुङको १७ हजार ३४१ मत रहेको छ । मतान्तर ९२ मात्रै रहेको छ । राप्रपाकी रञ्जना सेनले १ हजार ४७२ मत ल्याएकी छन् ।