काठमाडौँ । दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका एक जना वडाअध्यक्ष र दुई जना वडासदस्यले विजय हासिल गर्नुभएको छ ।
Advertisement
पछिल्लो मतगणनामा राप्ती गाउँपालिका वडा नं. ४ को वडाअध्यक्षमा वीरबहादुर चौधरीसहितको प्यानलले विजय हासिल गरेको छ । चौधरीले ९६८ मत प्राप्त गर्नुभएको थियो ।
सोही वडामा प्यानलभित्रबाट राजमोकी समिता चौधरी वडासदस्यमा विजयी हुनुभएको छ । उहाँले ९०२ मत प्राप्त गर्नुभएको थियो ।
यता, गढवा गाउँपालिकाको वडा नं. ४ मा राजमोका जिल्ला सदस्य टुकमान कुँवर वडासदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले १४२६ मत प्राप्त गर्नुभएको थियो ।