काठमाडौँ । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी ठुलो मतान्तरका साथ क्लिन स्विप पारेको छ । भक्तपुरको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विशाल मत अन्तरसहित निर्वाचित हुनुभएको छ ।
आफ्ना प्रतिद्वन्द्वीलाई २५ हजारभन्दा बढी मतअन्तरले पराजित गर्दै प्रजापति निर्वाचित हुनुभएको हो ।
उहाँले २९ हजार २५२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका रामप्रसाद कसुलाको ३ हजार ४०७ र एमालेका रवीन्द्र लाछिमस्युको २ हजार ८४१ मत आएको छ ।
उपमयेरमा पनि नेमकिपाकै रजनी जोशी विजयी हुनुभएको छ । जोशीले २९ हजार ७५९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ र एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७७८ मत पाएका छन् ।
नेमकिपाको गढ भक्तपुरमा सो पार्टीले सबै वडासमेत जितेको छ।
प्रजापति र जोशी दुवै ०७४ को निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो ।