साना । यमनको विद्रोही नियन्त्रित राजधानीबाट करिब छ वर्षमा पहिलोपटक सोमबार व्यावसायिक उडान सञ्चालनमा आएको छ । यसलाई द्वन्द्वबाट शान्ति प्रक्रियामा प्रवेश गरेको दुर्लभ र महŒवपूर्ण कदमको रूपमा हेरिएको छ ।
Advertisement
विदेशमा उपचारका लागि अस्पतालका बिरामी र उनीहरूका आफन्तसहित १२६ यात्रु बोकेको यमेनियाको विमान सानाबाट जोर्डनको राजधानी अम्मानका लागि बिहान ९ बजे (०६०० जिएमटी) मा उडेको एएफपी पत्रकारहरूले बताएका छन् ।
इरान समर्थित हुथी विद्रोहीसँग लडिरहेका साउदी नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाइ हमलाका कारण अगस्ट २०१६ देखि सानाको विमानस्थल व्यावसायिक यातायातका लागि बन्द गरिएको थियो । (रासस–एएफपी)