बागलुङ । बागलुङको जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाले अग्रता बढाउँदै लगेको छ ।
Advertisement
नगर प्रमुखमा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार नरबहादुर पुनले दोब्बरभन्दा बढी मतले अग्रता लिनुभएको हो।
हालसम्म ६०० मत गन्दा प्रमुखमा गिलास चिह्नमा ४५८ मत परेको छ भने सूर्यमा १०७ मत परेको छ।
उपप्रमुखमा गठबन्धनबाट रुख चिह्नमा ४१६ मत परेको छ भने सूर्यमा ९५ मत परेको छ।
यस्तै, वडाअध्यक्षमा गिलासमा ४३९ र सूर्यमा १२५ मत परेको छ । यस्तै वडासदस्य हरुमा पनि गिलास चिह्नमा दुई तिहाई भन्दा बढी मत परेको छ ।