काठमाडौं । स्थानीय निर्वाचनको दिन वैशाख ३० गते पत्रकारले सूचना विभागको परिचय पत्र देखाएर सवारी साधन चलाउन पाउने भएका छन् ।
Advertisement
निर्वाचन आयोग र नेपाल पत्रकार महासंघबीच बुधबार यस्तो सहमति भएको हो ।
यसअघि निर्वाचन आयोगले सम्बन्धित सञ्चार गृहको सिफारिसमा निश्चित संख्यामा पत्रकारलाई पास उपलब्ध गराउने र सोही आधारमा सवारी साधन चलाउन दिने बताएको थियो ।
सूचना विभागको परिचय पत्र नभएकाको हकमा भने सम्बन्धित सञ्चार गृहको सिफारिसका आधारमा पास उपलब्ध गराउने सहमति भएको महासंघले जनाएको छ ।