विराटनगर । विराटनगरको भारतीय सीमाक्षेत्रमा एसएसबीले गोली चलाएको छ । सोमबार विराटनगरको सीमाक्षेत्र इस्लामपुरमा एसएसबीले हवाइ फायर गरेको हो ।
Advertisement
विराटनगर–इस्लामपुरमा सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउण्ड हवाइ फायर गरेका स्थानीयले बताएका छन् । एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर हवाइ फायर गरेको विराटनगर १८ का इस्लामपुरका स्थानीयले बताए ।
एसएसबीले गोली चलाएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पुष्टि गनुभएको छ । भारतीय क्षेत्रमा आन्तरिक कारणले गोली चलेको र अहिले अवस्था सामान्य भएको उहाँले बताउनुभयो । एसएसवीले हवाइ फायर गरेपछि इस्लामपुर क्षेत्र आतंकित भएको छ ।