धनगढी । गहुँ काटेर बाँकी रहेको नलीमा आगो लगाउँदा कैलालीमा बस्ती नै जलेको छ ।
Advertisement
कैलालीको कैलारी गाउँपालिका–७ स्थित विपतपुरमा रहेको मुक्त कमैया शिविरमा आगलागी हुँदा ५० घर जलेर नष्ट भएका छन् ।
खेतमा गहुँ काटेर बाँकी रहेका नलीमा लगाइएको आगो हावाले उडाएर ल्याउँदा बस्ती आगलागी भएको हो ।
आगलागीलाई धनगढी उपमहानगरपालिका लगायत वरपरबाट आएका ३ दमकल तथा स्थानीयले निभाएका छन् ।
धनगढीबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत आगलागी भएको स्थानमा पुगेका छन् ।