हेटौँडा । मकवानपुरको हेटौँडास्थित दिव्य बाल उद्यानमा राखिएको नेकपा (एमाले) का तत्कालिन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको शालिक तोडफोड गरिएको छ ।
Advertisement
हेटौंडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको सो बाल उद्यानमा बिहीबार राति अज्ञात समूहले तोडफोड गरेको हो । पार्कमा अन्य कुनै संरचना क्षति नगरी मदन-आश्रितको प्रतिमा मात्रै तोडफोड भएको छ।
जीवराज आश्रितको प्रतिमा उखेलेर फालिएको छ भने मदन भण्डारीको प्रतिमाको शिर भाँचेर ५० मिटरको दूरीमा फालिएको अवस्थामा भेटिएको छ।
बिहान पार्कमा घुम्न निस्किएका स्थानीयले सालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई जानकारी दिएका थिए। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
गत असार १४ गते बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलबाट मदन–आश्रितको अर्धकदको प्रतिमा अनावरण गरिएको थियो ।