काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आग्रह गरेको छ ।
Advertisement
बिहीबार बसेको महासंघको भर्चुअल बैठकले महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता त्यागेर मात्रै उम्मेदवार बन्न आग्रह गरेको हो ।
महासंघले निर्वाचनमा तटस्थ ढंगले समाचार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरूसँग आग्रह गरेको छ । महासंघका सबै सदस्यहरूलाई पत्रकार आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न महासंघले अपिल गरेको हो ।
बैठकले महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुन जाने निर्णय पनि गरेको छ।