काठमाडौं । सरकारले विभिन्न २० देशमा राजदूत नियुक्त गर्न सिफरिस गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको हो ।
सिफारिस व्यक्तिहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुनेछन् । भोलिदेखि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने भएकाले सरकारले आजै राजदूत सिफारिस गरेको हो ।
उत्तरी छिमेकी चीनका लागि राजदूतमा बिष्णुपुकार श्रेष्ठ सिफारिस भएका छन् । उनी माओवादी कोटाबाट राजदूत सिफरिस भएका हुन् ।
यी हुन् राजनीतिक दलबाट सिफारिस राजदूतहरु
विष्णुपुकार श्रेष्ठ– चीन
दान बहादुर तामाङ–दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल– स्पेन
वाशुदेव मिश्र– श्रीलंका
मिलन तुलाधार– रसिया
कैलाश पोखरेल– अष्टेलिया
डिल्लीराज पौडेल– मलेसिया
शान्ता रिजाल– इजरायल
ज्योति प्याकुरेल– दक्षिण कोरिया
प्रा डा रामशुरज राय यादव– डेनमार्क
नवराज सुवेदी– साउदी अरव
नरेश विक्रम ढकाल
कर्मचारीबाट राजदूत सिफारिस
भरतकुमार रेग्मी
तीर्थराज वाग्ले
निर्मलराज काफ्ले