टेकराज भुसाल, बुटवल ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ५ को असुरकोटमा राष्ट्रिय जनमोर्चा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। शनिबार आयोजित भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापाले गर्नुभएको थियो ।
भेलामा राजमो अर्घाखाँचीका सचिव बाबुराम पन्थी, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य ठाकुर पन्थी, भूमिकास्थान ५ का वडा अध्यक्ष तुल्सिराम बेल्वासे, कार्यपालिका सदस्य लक्ष्मी विक लगायतले सफलताको शुभकामना दिनुभएको थियो।
भेलाले युवक, किसान र जनजाति सम्मेलनको वडा समिति गठन गरेको छ । जस अन्तर्गत माधव बन्जाडे अध्यक्ष, डिल बहादुर विक उपाध्यक्ष, सुमित्रा पराजुली (बेल्वासे) सचिव र शारदा बन्जाडे (भण्डारी) कोषाध्यक्ष रहेको १३ सदस्यीय अखिल नेपाल युवक संघ भूमिकास्थान ५ गठन भएको छ ।
त्यस्तै, भेलाले श्यामलाल बेल्वासे अध्यक्ष, धन बहादुर थापा उपाध्यक्ष, भुवन श्रेष्ठ सचिव, हुमा बेल्वासे कोषाध्यक्ष रहेको १३ सदस्यीय अखिल नेपाल किसान महासंघ र लाल बहादुर पुलामी अध्यक्ष, तिलक थापा उपाध्यक्ष, लिल बहादुर सारु मगर सचिव, मतिकला राना कोषाध्यक्ष रहेको १३ सदस्यीय जनजाति सम्मेलनको गठन गरेको छ।
भेला राष्ट्रिय जनमोर्चा भूमिकास्थान ५ का अध्यक्ष हिमलाल बन्जाडेको अध्यक्षता, शिव बन्जाडेको स्वागत र राजु सुनारको सञ्चालनमा सम्पन्न भएको थियो।