टेकराज भुसाल, बुटवल ।
लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बुटवलले १६ औं नियमित रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
सहकारीले नियमित रुपमा गर्दै आएको रक्तदान कार्यक्रम अन्तर्गत शनिवार गरिएको रक्तदान कार्यक्रममा ७६ पोका रगत संकलन भएको सहकारीले जानकारी दिएको छ।
Advertisement
सामाजिक सेवामा टेवा पुर्याउन र रुपन्देहीमा रगतको कमी हुन नदिने मूल उद्देश्यले नियमित रुपमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको कार्यक्रम संयोजक यज्ञप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष गंगालाल सापकोटा, रक्त संचार केन्द्र, बुटवलका वरिस्ठ प्राविधिक राधा शर्माले रगतको अभावलाई पूर्ति गर्ने काम समाजबाट गर्नु पर्ने भएको हुँदा यस प्रकारको कार्यक्रम नियमित गर्न सुझाव दिनु भयो ।