कमल पौडेल, प्युठान ।
प्युठानको मल्लरानी गाउँपालिका वडा न. ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको सालठाँटीमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राजमोका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण बहादुर खड्का र वामपन्थी नेता सुरेस थापाले प्रशिक्षण दिनुभएको थियो ।
भेलामा अखिल नेपाल किसान संघका जिल्ला उपाध्यक्ष गिरिराज पौडेल, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कमल पौडेल, मल्लरानी गाउँपालिकाका अध्यक्ष अम्मरध्वज राना, उपाध्यक्ष सरिता जिसि लगायत नेताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेलाले गिरिराज पौडेलको संयोजकत्वमा १०९ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति समेत गठन गरेको छ । राजमो मल्लरानी वडा नं ३ वडा समितिका अध्यक्ष बोदि पोखरेलको अध्यक्षता तथा शिव पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य चन्द्र नेपालीले स्वागत गर्नुभएको थियो ।