बागलुङ । राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिका वडा नं. ५ हरिचौरको निर्वाचन सम्बन्धी भेला तथा सम्पर्क कार्यालयको उदघाटन भएको छ ।
शुक्रबार भएको भेलामा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सचिव बेदिलाल सापकोटा, जिल्ला सदस्य बिष्णु बस्नेत, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्रदत्त ढकाल, केन्द्रीय सदस्य सुनमाया ढकाल, राजमो जिल्ला सल्लाहकार दिर्घदत्त लोहनी लगायतले मन्तब्य राख्नु भएको थियो ।

भेलाले गलकोट नगरपालिका–५ हरिचौरको स्थानीय निर्वाचनका लागि अमर खत्रीको संयोजकत्वमा २१ सदस्यीय निर्वाचन परिचालन समिति, तम बहादुर कार्कीको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, नैन बहादुर थापाको संयोजकत्वमा ९ सदस्यीय आर्थिक समिति र दिनेश खत्रीको संयोजकत्वमा ३७ सदस्यीय युवा परिचालन समिति, देवी खत्रीको संयोजकत्मा महिला परिचालन समिति चयन गरेको छ ।
कार्यक्रम वडा समितिका अध्यक्ष अमर बहादुर खत्रीको अध्यक्षता, टिकाराम कडेलको सञ्चालन र देबी खत्रीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।