बागलुङ । राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका–४ (साबिक तंग्राम ७) को टोल भेला सम्पन्न भएको छ ।
शुक्रबार चुनावलाई लक्षीत बनाएर टोल भेला सम्पन्न भएको हो ।
Advertisement
टोल समितिका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षतामा भएको भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङका सचिवालय सदस्य एवम् काठेखोलाका अध्यक्ष लक्ष्मण पुन, सचिव टिका संगम बिक र राजमो तंग्रामका अध्यक्ष बिष्णु कडेलले प्रशिक्षण दिनु भएको थियो ।
भेलाले टेकबहादुर पुनको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन परिचालन तंग्राम – ७ टोल समिति र दिल बहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय प्रचारप्रसार समिति, मन कुमारी किसानको संयोजकत्वमा ९ सदस्यीय महिला परिचालन समिति चयन गरेको छ ।
- राष्ट्रिय जनमोर्चा तंग्राम ४ को टोल भेला सम्पन्न
- राष्ट्रिय जनमोर्चा तंग्राम ५ को टोल भेला सम्पन्न
- बागलुङको रिश्मी छिस, काँडेबास र बाङ्गेसल्लामा राजमोको चुनावी भेला