बसन्त खड्का, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चाको सन्धिखर्क नगरपालिका– ६ मा चुनावी कार्यकर्ता भेला सम्पन्न भएको छ । नरपानीमा बिहीबार भएको भेलाले राजमो वडा समिति पुनर्गठन गरेको छ ।
भेलाले पूर्णबहादुर चुंदालीको अध्यक्षतामा २१ सदस्यीय वडा समिति पुनर्गठन गरेको हो । समितिको सचिवमा पदम केसी र कोषाध्यक्षमा दिपक चुंदाली लगायत रहनुभएको छ ।
त्यस्तै, भेलाले पदम केसीको संयोजकत्वमा ७ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ भने पूर्ण बहादुर चुंदालीको संयोजकत्वमा १०१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।
भेलालाई राजमो लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर बिसि सफलताको सुभकामना दिनुभएको थियो ।

यस्तै, राजमो केन्द्रीय सल्लाहकार यमलाल पोख्रेल, जिल्ला अध्यक्ष थम्मन केसी, राजमो जिल्ला सचिव बाबुराम पन्थी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल, वामपन्थी नेता नेता पोमबहादुर परियार, सन्धिखर्क नगरपालिका –७ का राजमो वडा अध्यक्ष दिलदार हुसेन, अखिल नेपाल युवक संघ जिल्ला कोषाध्यक्ष बसन्त खड्का, अखिल नेपाल महिला संघकी जिल्ला कोषाध्यक्ष तथा नगर अध्यक्ष मिना बिसि, अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष कल्पना पोख्रेल, अखिल नेपाल ट्रेड युनियन (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोबिन्द बिसि, नेता देवी पौडेल लगायत नेताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पूर्णबहादुर चुंदालीको अध्यक्षता, दिपक चुंदालीको स्वागत तथन पदम केसीको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।